नेपाल बैंकद्वारा डोल्पाको दुनैमा ‘एटिएम’ सेवा आरम्भ

काठमाडाैं। नेपाल बैंक लिमिटेडले डोल्पा सदरमुकाम दुनै बजारस्थित आफ्नो शाखा कार्यालयमा ‘एटिएम’ सेवा आरम्भ गरेको छ।

बैकको ८९औं वार्षिकोत्सवका अवसरमा आज दुनैमा आयोजित कार्यक्रममा बैंकका कर्णाली प्रदेश प्रमुख दिनेशप्रसाद पौडेलले सो सेवाको शुभारम्भ गर्दै स्थानीयसेवाग्राही र आन्तरिक पर्यटकलाई बैंकिङ सेवा सहज होस् भन्ने उदेश्यले सेवा सञ्चालन गरिएको जानकारी दिए। बैंकका शाखा प्रमुख भवि भण्डारीले ग्राहकलार्ई  एटिएम कार्र्ड उपलब्ध गराउने जानकारी दिए।

सूचना प्रविधिका युगमा डोल्पाका नागरिक र काठमाडौंका नागरिकले समान सेवा पाउनुपर्छ भन्ने बैंकको उद्देश्य रहेको र डोल्पा शाखाले २०३२ सालदेखि सेवा प्रदान गर्दै आएको उनले बताए।

त्यस्तै, सहायक प्रमुख जिल्ला अधिकारी रमेश पौडेले डोल्पाका बैंकमा एटिएम छैन भन्ने युगको अन्त्य भएको बताए ।  ठूलीभेरी नगरपालिका– ३ का वडाध्यक्ष भक्तबहादुर भण्डारी, उद्योग वाणिज्य संघ डोल्पाका अध्यक्ष लालीमान बुढालगायतले नेपाल बैंक लिमिटेडद्वारा दुनैमा ‘एटिएम’ सेवा आरम्भ गरेकामा  धन्यवाद व्यक्त गरे। आगामी दिनमा घरजग्गा धितो राखेर सहजै व्यवसायको लागि ऋण लिने व्यवस्था गर्न उनीहरुले माग गरेका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *