काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २०.५६ अंकले घटेर २५४४.५९ को विन्दुमा बन्द भएको छ ।
आज ३२१ कम्पनीको शेयर किनबेच हुँदा ३ अर्ब ८४ करोडको शेयर कारोबार भएको छ । आज ४९ कम्पनीको शेयर मूल्य बढेको छ भने १९८ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनकिो ४० करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको २२ करोठड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साहस ऊर्जाको १४ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै भुगोल इनर्जी र सागर डिष्टिलरीका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । बुङगल हाइड्रोका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् । बन्दीपुर केबलकारका लगानकिर्ताले पनि ९.९८ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै दरमखोला हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।






