सेफ सन्तोष साह धनुषाबाट पक्राउ

काठमाडौं । चर्चित नेपाली सेफ सन्तोष साहलाई प्रहरीले ठगी सम्बन्धी मुद्दामा पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई धनुषाको रामानन्द चोकबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार सन्तोष साहसँगै उनका दाजु नाता पर्ने नारायण साहलाई पनि सोमबार राति नियन्त्रणमा लिइएको छ। शकुन्तला अधिकारी (थापा)ले दिएको जाहेरीका आधारमा ठगी सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि दुवै जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले जानकारी दिए।

पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ। ठगी आरोपसँग सम्बन्धित घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *