गरिमा विकास बैंकको मुनाफा २५ करोडमाथि, प्रतिशेयर आम्दानी कति ?

काठमाडाैं । गरिमा विकास बैंक लि.ले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा २५ करोड रुपैयाँभन्दा बढी खूद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले २२ करोड ५७ लाख नाफा कमाएको थियो।

समीक्षा अवधिमा गरिमाको वितरणयोग्य मुनाफा ६३ करोड २२ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको समान अवधिमा ६८ करोड ४४ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा बैंकको वार्षिकीकृत वितरणयोग्य प्रतिसेयर नाफा १२ रुपैयाँ ८७ पैसा पुगेको छ।

समीक्षा अवधिमा ३५ करोड ७६ लाख रुपैयाँ पुगेको सञ्चालन मुनाफा अघिल्लो वर्षको यही अवधिमा ३२ करोड २३ लाखमा सीमित थियो ।

बैंकले खूद ब्याज आम्दानी पनि बढाएको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ९८ करोड ६८ लाखमा सीमित खूद ब्याज आम्दानी समीक्षा अवधिमा बढेर ९९ करोड ८५ लाख पुगेको छ ।

अघिल्लो वर्षको यही अविधसम्म कर्जा तथा सम्भावित जोखिम व्यवस्थापनका लागि बैंकले इम्पेयरमेन्ट चार्जको रुपमा ३७ करोड २१ लाख बढी रकम विनियोजन गरेकोमा यो वर्ष ३३ करोड ३१ लाख मात्र राखेको छ ।

नाफा बढ्दा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी पनि बढेको छ । जसअनुसार अघिल्लो वर्षको पहिलो त्रैमाससम्म १५ रुपैयाँ ९० पैसा रहेको इपीएस बढेर यो वर्ष १७ रुपैयाँ ६४ पैसाको उचाईमा पुगेको छ ।

अघिल्लो वर्षको यही अवधिसम्म ३.८२ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ४.७३ प्रतिशत पुगेको पनि बैंकको रिटर्न अन इक्वीटी र रिटर्न अन एसेट भने बढेको छ ।

अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ९.९५ प्रतिशतमा सीमित रिटर्न अन इक्वीटी(आरओई) बढेर १०.७१ प्रतिशत पुगेको छ भने ०.९३ प्रतिशतमा सीमित रिटर्न अन एसेज(आरओए) बढेर ०.९६ प्रतिशत पुगेको छ ।

समीक्षा अवधिसम्म बैंकले ९० अर्ब ९८ करोड बढी निक्षेप संकलन गरी ६९ अर्ब कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ९० अर्ब ११ करोड निक्षेप संकलन गरी ६९ अर्ब १३ करोड बढी कर्जा परिचालन गरेको थियो ।

समीक्षा अवधिका लागि बैंकको प्रतिसेयर नेटवर्थ १६६.३८ रुपैयाँ, मूल्य आम्दानी अनुपात २२.८५ गुणा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १८४७.८१ रुपैयाँ, तरलता अनुपात २९.५१ प्रतिशत र पूँजीकोष अनुपात १३.५७ प्रतिशत कायम भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *