दार्चुला पावरले आईपीओ निष्कासन गर्ने

काठमाडाैं । दार्चुला पावर लिमिटेडले आईपीओ निष्कासनको प्रस्तावसहित साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको कात्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकले नवौं वार्षिक साधारण सभा मंसिर १२ गते काठमाडाैंकाे गौशालामा रहेको होटल क्रिष्टलमा बिहान ११ बजेदेखि गर्ने निर्णय गरेको छ ।

उक्त सभामा आईपीओ निष्कासन गर्ने, आईपीओ निष्कासनका लागि पूँजी संरचना वृद्धिसहित कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, सीमाभन्दा बढी कर्जा अनुमोदन गर्ने, आयोजनाको पहिचान, निर्माण तथा सञ्चालन गर्ने सम्बन्धी सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र समान उद्देश्य भएका कम्पनीहरुलाई गाभ्ने/गाभिने प्रस्ताव पारित गरिनेछ ।

यस्तै सभामा गत आवको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *