नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यद्वारा पदभार ग्रहण

काठमाडाैं । एनआईसी एशिया बैंक लिमिटेडको कात्तिक १७ गते बसेको सञ्चालक समितिको ७३६औं बैंठकको निर्णय बमोजिम नियुक्त प्रमुख कार्यकारी अधिकृत(सीईओ)सुजित कुमार शाक्यले आज कात्तिक २० गते पदभार ग्रहण गरेका छन् ।

झन्डै  तीन दशकदेखि नेपालको बैंकिङ प्रणालीमा विशिष्ट योगदान पुर्याउँदै आएका शाक्यले भारतको नयाँदिल्ली स्थित दिल्ली युनिभर्सिटीबाट ब्याचलर इन कमर्श (बी.कम) र भारतकै इन्स्टिच्युट अफ प्रोडक्टिभिटी एण्ड म्यानेजमेन्ट, लखनऊबाट व्यवस्थापनमा स्नातकोत्तर (एमबीए) उत्तिर्ण गरेका छन् ।

सन् १९९६ देखि तत्कालिन नेपाल श्रीलंका मर्चेन्ट बैंकबाट बैंकिङ यात्रा शुरु गरेका शाक्यले हिमालयन बैंक, तत्कालिन लक्ष्मी बैंक हुँदै सन् २००७ देखि तत्कालिन बैंक अफ एशिया नेपालमा बिजनेस बैंकिङ प्रमुखका रुपमा काम गरेका थिए । शाक्यले तत्कालिन बैंक अफ एशिया नेपाल र एनआईसी बैंकको मर्जर प्रकृयामा महत्वपूर्ण भूमिका निर्वाह गरेको बैँकले जनाएको छ।

शाक्य मर्जरपछि बनेको एनआईसी एशिया बैंकमा सहायक महाप्रबन्धकको रुपमा कर्पोरेट बैंकिङ प्रमुख भई काम गरेका थिए ।

तत्कालिन सिभिल बैंक तत्कालिन जनता बैंक , ग्लोबल आईएमई बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरिसकेका शाक्य बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त हुनुपूर्व नबिल बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।

प्रमुख कार्यकारी अधिकृत शाक्यको नेतृत्वले खस्किँदै गएको वित्तीय अवस्था सुधार हुने विश्वास बैँकले लिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *