सिद्धार्थ र सिटिजन्स बैंकको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आइतबार कारोबार समयपछि सिद्धार्थ बैंक लिमिटेड र सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको शेयरमूल्य समायोजन भएको छ।

दुवै बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै बैंकले वितरण गर्न लागेको ५–५ प्रतिशत बोनस शेयर बापत मूल्य समायोजन गरेको हो।

समायोजनपछि सिद्धार्थ बैंकको शेयरमूल्य प्रतिकित्ता ३४९.५२ रुपैयाँ कायम भएको छ। नेप्सेले बैंकको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ३६७ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरेको हो।

त्यस्तै मूल्य समायोजनपछि सिटिजन्स बैंकको शेयरमूल्य प्रतिकित्ता २०२ रुपैयाँ कायम भएको छ। नेप्सेले यस बैंकको अन्तिम कारोबार मूल्य २१२.१० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरेको हो।

यी दुवै बैंकहरूको समायोजित मूल्यलाई आधार मानेर आज धितोपत्र दोस्रो बजारमा कारोबार खुल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *