कामना सेवा विकास बैंकको नाफा ९.१९ प्रतिशतले बढ्यो, लाभांश क्षमता १७ प्रतिशतमाथि

काठमाडौं । कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ ।

गत आर्थिक वर्षको समिक्षा अवधिमा बैंकको मुनाफा ९.१९ प्रतिशतले बढेर ६३ करोड ५२ लाख ९७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा ५८ करोड १८ लाख ३१ हजार रुपैयाँ रहेको थियो ।

अघिल्लो आर्थिक वर्षमा २ अर्ब १३ करोड २५ लाख रुपैयाँ खुद ब्याज आम्दानी रहेको बैंकको गत आर्थिक वर्षमा बढेर २ अर्ब २४ करोड ४४ लाख रुपैयाँ पुगेको हो ।

त्यस्तै, बैंकको सञ्चालन नाफा १.९७ प्रतिशतले बढेर ९८ करोड ६९ लाख ८६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको सञ्चालन नाफा ९६ करोड ७८ लाख रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ४१ करोड १२ लाख रुपैयाँबाट बढेर ६० करोड ७४ लाख १ हजार रुपैयाँ पुगेको छ । बैंकको लाभांश क्षमता १७.३० प्रतिशत रहेको छ । बैंकको खराब कर्जा ३.३८ प्रतिशत रहेको छ ।

त्रैमाससम्मको अवधिमा बैंकको चुक्तापूँजी ३ अर्ब ५१ करोड ८ लाख रुपैयाँ रहेको जगेडा कोषमा १ अर्ब ७८ करोड रुपैयाँ सञ्चिति रहेको छ । यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी १८.१० रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६८.१३ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *