

राष्ट्रिय सहकारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को कारोबारबाट सेयर सदस्य सहकारी संघ/संस्थाहरुलाई १५ प्रतिशत लाभांश वितरण गरेको छ ।
सहकारी बैंकको १९ औं वार्षिक साधारणसभाले १५ प्रतिशत लाभाशं दिने निर्णय पारित गरेको लगत्तै बैंकले खातामा रकम पठाएको हो ।
राष्ट्रिय सहकारी बैंक अध्यक्ष के.बी. उप्रेतीका अनुसार एकाइ प्रतिनिधिहरुको साधारणसभा सोमबार सम्पन्न भएसँगै देशभरका सहकारीहरुको खातामा लाभाशंको रकम पठाइएको हो ।
बैंकले गत आर्थिक वर्ष ०७८/०७९ मा ४३ करोड ४५ लाख ५७ हजार ७४८ रुपैयाँ लाभांश वितरण गरेको छ । सहकारी बैंकले विगत ५ वर्ष देखि लगातार १५ प्रतिशत लाभांश प्रदान गर्दै आएको छ । बैंकले वितरण गरेको यो लाभांशमा संरक्षित पूंजी फिर्ता कोषबाट प्राप्त गर्ने रकम समाबेश नगरिएको बैंकले जनाएको छ ।
Artha Sanjal
अर्थ सन्जाल