घरजग्गा कारोबारबाट एक महिनामा २ अर्ब ७५ करोडबढी राजस्व संकलन

काठमाडौँ । गत असोजमा देशभरका मालपोत कार्यालयले कूल दुई अर्ब ७५ करोड ८५ लाख ५७ हजार नौ सय २७ रुपैयाँ बराबरको राजस्व संकलन गरेका छन् । विभागका अनुसार सो महिनामा कूल ७९ हजार सात सय ३९ वटा घरजग्गा कारोबार भएका छन् ।

विभागका अनुसार गत असोजमा सेवा कर २१ करोड ३० लाख ७५ हजार दुई सय ६० रुपैयाँ, रजिष्ट्रेशन शुल्क एक अर्ब ४४ करोड १६ लाख ८७ हजार सात सय ५५ रुपैयाँ संकलन भएको छ । यस्तै, पुँजीगत लाभकर एक अर्ब छ करोड १९ लाख ३५ हजार पाँच सय ३७ रुपैयाँ संकलन भएको छ ।

मालपोत कार्यालय चाबहिल काठमाडौँले २७ करोड ४२ लाख ९६ हजार दुई सय १० रुपैयाँ, आगलागी र तोडफोडमा परेको कलंकी मालपोत कार्यालयले ४१ लाख ५० हजार तीन सय ७१ रुपैयाँ बराबरको राजस्व संकलन गरेको विभागले जनाएको छ ।

यसैगरी, मालपोत कार्यालय बुटवलले पाँच करोड तीन लाख ५६ हजार छ सय ३९ रुपैयाँ, मालपोत कार्यालय दमक झापाले दुई करोड ८६ लाख ४१ हजार तीन सय ९० रुपैयाँ, मालपोत कार्यालय मनमैजु काठमाडौँले चार करोड ७७ लाख २३ हजार तीन सय ६१ रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ ।

गत असोजमा २३ हजार तीन सय ५३ वटा लिखत पारित भएको छ । यस्तै, दुई हजार चार सय ४२ वटा नामसारी, रोक्का २३ हजार नौ सय १४, फुकुवा १७ हजार नौ सय ३० भएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *