गाउँपालिका अध्यक्षलाई जेनजी भन्दै ज्यान मार्ने धम्की

खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले आफूलाई जेनजी बताउने एक शिक्षकले धाकधम्की दिएको भन्दै कारवाहीका लागि प्रमुख जिल्ला अधिकारी गुहारेका छन् ।

पालिकाको लेटप्याडमा लिखित उजुरी दिँदै राईले आफूलाई उदयपुर त्रियुवा_१५ सिद्दवति माविका अनुदानमा कार्यरत शिक्षक युवराज कार्कीले फोन गरेर ‘म जेनजी हुँ भन्दै नानाथरिले गाली गलोज गर्दै अपशब्द प्रयोग गरी कुट्छु पिट्छु भन्दै हप्काउने र ज्यान मार्ने समेत धम्की दिँदै डर त्रास फैलाएको उल्लेख गरेका छन् ।

राईले शिक्षक कार्कीमाथि कानुनबमोजिम कारबाहीको माग गरेका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *