टिकटकर तुलसा अधिकारीविरुद्ध ५०० पृष्ठको अभियोगपत्र, खुलेन २१ करोडबढी सम्पतीको स्रोत

ललितपुर । टिकटकर तुलसा अधिकारी भनेर चिनिने तुल्सी अधिकारीविरुद्ध प्रहरीले ५०० पृष्ठ लामो अभियोगपत्र तयार गरेको छ । उक्त अभियोगमाथि बकपत्र नसकिएर आज पनि थुनछेक बहस हुन नसकेपछि उनलाई पुनः ललितपुर जिल्ला प्रहरीको हिरासतमा फिर्ता लगिएको कार्यालय प्रमुख एसएसपी होबिन्द्र बोगटीले बताए ।

व्यवसायी कुमार चिमोरियाले २०८२ साउन २४ गते ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको आरोपसहित दिएको जाहेरीका आधारमा अधिकारी पक्राउ परेकी हुन् । अनुसन्धान गर्ने क्रममा उनको २१ करोडबढी सम्पत्तिको स्रोत नखुलेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार स्रोत नखुलेको सोही सम्पत्तिका आधारमा उनीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा पनि दायर भएको छ।

जिल्ला अदालतमा बकपत्र गर्ने क्रममा तुलसा अधिकारीले भने चिमोरियाबाट पैसा लिएको अस्वीकार गरेकी छन् । उनले विष्णु नामक व्यक्ति आफ्नो व्यापारिक साझेदार रहेको र उनीसँगको कारोबारमाथि चिमोरियाले दाबी गरेको बयान दिएकी छन्।

२०८२ भदौदेखि फरार रहेकी उनी चीन हुँदै थाइल्याण्ड पुगेपछि शुक्रबार अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल (इन्टरपोल) को सहयोगमा पक्राउ परेकी थिइन् । पक्राउ परेलगत्तै उनलाई नेपाल ल्याई प्रहरी परिसर ललितपुरमा राखिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *