गृहमन्त्री ओम प्रकाश अर्यालले भने– ‘दीपक खड्का भागेकै हुन्, मैले बोलेपछि मात्रै फर्किए’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्व ऊर्जा मन्त्री दिपक खड्का जेनजी आन्दोलनपछि भारत गएको भए पनि अहिले फर्किएको बताएका छन् । सोमबार विपिन जोशीको श्रद्धाञ्जली सभामा जानेक्रममा सञ्चारकर्मीहरूलाई प्रतिप्रश्न गरे, ‘मैले अन्तर्वार्ता दिँदाको अवस्थामा उहाँ कहाँ हुनुहुन्थ्यो सोध्नुस् न ?’

खड्का जेनजी आन्दोलनपछि कहाँ थिए भन्ने कुरा उनी स्वयंले स्वीकारिसकेको गृहमन्त्री खड्काले बताए । ‘उहाँ आफैँले भन्नुभएको छ,’उहाँ स्थल मार्गबाट इन्डिया गएको थिएँ भन्नुभएको छ । कहिले जानुभएको थियो ? उहाँलाई सोध्नु पर्‍यो ?,’ उनले भने ।

अर्यालले आफूले उक्त अभिव्यक्ति दिँदा खड्का विदेशमै रहेको जिकिर गरे । ‘मैले बोलेको दिन उहाँ कहाँ हुनुहुन्थ्यो । इन्टरभ्यु छापिएपछि आउनुभयो नि उहाँ त,’ उनले भने ।

गृहमन्त्री अर्यालले दलहरूले लुटेको हतियार राखेको नबताएको प्रष्ट पारे । ‘दलहरूले ९हतियार० राखेका छन् भनेको होइन । कुनै कुनै दल त्यस्ता दल पनि हुन सक्छन् जसले हातहतियार पनि सङ्ग्रह गर्ने चाहना राखेका हुनसक्छ’ उनले भने, ‘कुनै पनि राजनीतिक शक्तिले छ भने उहाँहरूले पनि डिक्लेयर गर्दिए हुन्थ्यो ।’

गृहमन्त्री अर्यालले थपे, ‘अब मुलुक हिंसाको बाटोमा होइन। कहिले पनि हिंसाको बाटोमा हैन, हतियारको बाटोमा हैन, अब शान्ति अहिंसाको बाटोमा हुनुपर्छ।’

उनले सबै दलहरूमा यो चेत आउनुपर्ने बताए । ‘कतिपय दलहरूले त्यसो गरेका छैन होला, कतिपयले गरेका पनि छन् होला,’ उनले भने, ‘त्यसैले यो पनि राजनीतिक रूपमा सो घोषणा गर्दिनुभयो भने भोलि निर्वाचनको वातावरण बनाउन लागि त निर्वाचन आयोगमा जानुहुन्छ, सरकारसँग पनि उहाँहरूको भेटवार्ता भइरहन्छ।’

उनले थपे, ‘त्यो क्रममा उहाँहरूले त्यो कुरा सुनिश्चित गर्नुभयो भने सरकारलाई अझ मद्दत हुन्छ भनेर भनेको हो ।’ उनले नेपाली काँग्रेसका एक नेताले गृहमन्त्री अर्यालले नै हतियार लुकाएको आरोप लगाएकोप्रति भने प्रतिक्रिया नदिने बताए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *