४ लाख १५ हजार धरौटी बुझाएर छुटे वीरगञ्जका मेयर

काठमाडौं । जिल्ला अदालत पर्साले वीरगन्जका मेयर राजेशमान सिंहलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। जिल्ला अदालत पर्साले मंगलबार उनलाई ४ लाख १५ हजार धरौटीमा छाड्न आदेश दिएको हो । उनी पक्राउ परेको केहि घन्टामै रिहा भएका हुन् ।

जिल्ला अदालतका स्रेस्तेदार प्रभाकर मल्लिकले मुख्य न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले मेयर सिंहलाई ४ लाख १५ हजार धरौटी माग गरेको जानकारी दिए । उनका अनुसार लिखत सम्बन्धी कसुरमा ४ लाख र झुटा विवरण पेश गरी नागरिकता बनाएको आरोपमा १५ हजार धरौटी माग आदेश गरिएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *