जेनजी आन्दोलनमा बानेश्वरकाे बैंक लुट्ने दुई जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकमा भएको लुटपाट घटनामा संलग्न दोलखाका दीपक श्रेष्ठ र एक नाबालकविरुद्ध डाँकाचोरीको मुद्दा दर्ता गरिएको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले श्रेष्ठविरुद्ध जिल्ला अदालत काठमाडौंमा र नाबालकविरुद्ध बाल अदालत भक्तपुरमा मुद्दा दर्ता गरेको हो।

अनुसन्धानमा श्रेष्ठले २ लाख ५० हजार रुपैयाँ लुटी थप १ लाख ७२ हजार रुपैयाँ जोडेर बुलेट मोटरसाइकल किनेको स्वीकारेका छन्। साथै, उनले नगदसहित ३ थान सुनका बाला, १ थान औँठी र १ थान सिक्री पनि लुटेको बताएका छन्।

नाबालकले ३ लाख ५० हजार नगद, ३ थान सिक्री, १ थान औँठी, सुनको तिलरी र मंगलसुत्र लुटपाट गरेको स्वीकारेका छन्।

सरकारी वकिल कार्यालयका अनुसार १७,५१०.८५ ग्राम सुन र ५ करोड ११ लाख नगद बरामद नभएको भन्दै जम्मा ३७ करोड ३४ लाख रुपैयाँ बिगो दाबी गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *