म बिग्रिएको भए पो सप्रिनु: ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू कहिल्यै पनि नबिग्रिएको बताएका छन्। ललितपुरमा बुधबारदेखि शुरु भएकाे पार्टीको १० औं केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् । सिंहदरबार र संसद भवन जलाउनेहरू पो सप्रिनुपर्ने उनकाे तर्क छ।

उनले भने,-‘ओली अझै सप्रिएन भन्छन्, ‘केपी ओली बिग्रिएको भए पो सप्रिनू। सप्रिनलाई के देशभक्तिको दृष्टिकोण, देश विकास र राष्ट्रिय स्वाधीनताको दृष्टिकोण छोड्नुपर्ने हो ? हो भने केपी ओलीले छोड्दैन।’

अध्यक्ष ओलीले पार्टीभित्र कुरा नगर्ने र बाहिर विरोधीका लहैलहैमा लागेर अनेक खालका हल्ला गर्नेहरू चैं सप्रिनु पर्ने समेत बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *