केपी ओली भन्छन्:- फेन्टा र कोकाकोला चोरेर हिँड्नेहरुले देश बनाउँछन् ?

काठमाडाैं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनमा लुटपाट र आगजनी गर्नेहरुले देश नबनाउने बताएका छन्। बुधबार एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै फेन्टा र कोकाकोला चोरेर हिँड्नेले देश बनाउँछन् भन्दै प्रश्न समेत गरे।

‘अब त देखिसक्नु भयो त, कोही सिंहदरबार जलाउने कुरामा अग्रसर भइरहेका छन्,’ ओलीले भने, ‘कोही अरुका घर जलाउने कुरामा अग्रसर भइरहेका छन्।’ उनको प्रश्न छ, ‘यी आगजनीवाला, हाटहुट, लाटलुटवाला, लुटपाटवाला, तोडफोडवाला यीनले देश बनाउँछन्। फेन्टा र कोकाकोला चोरेर हिँड्नेहरुले देश बनाउँछन्?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *