टिओबीको टिसर्ट लगाएर पेस्तोल बोक्ने एक जना प्रहरी नियन्त्रणमा

काठमाडौँ । टिओबीको टिसर्ट लगाएर पेस्तोल बोकेका एक जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

एक जना युवकले कम्मरमा पेस्तोल राखेर बुलेट मोटरसाइकल चलाएको भिडियोमा देखिन्छ । शङ्कास्पद एक जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले जानकारी दिए।

ती युवकले उक्त भिडियो सुटिङको क्रममा कैद भएको दावी गरेका छन् । तर एसएसपी बस्नेतले  त्यसबारे अनुसन्धान हुने बताएका छन्।

जेनजी प्रदर्शनको क्रममा फ्रि–तिब्बत समर्थकहरुले टिसर्ट लगाएर पेस्तोल बोकेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *