कामना सेवा विकास बैंकको अध्यक्षमा पुनः सुदिप आचार्य

काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा पुनः सुदिप आचार्य निर्वाचित भएका छन्।

बैंकको शुक्रबार सम्पन्न १९औँ वार्षिक साधारण सभापछि बसेको सञ्चालक समितिको ४०१औँ बैठकले आचार्यलाई अध्यक्षमा पुनः चयन गरेको हो।

आचार्य यसअघि पनि बैंकको अध्यक्ष पदमा रहेर संस्थाको विकास र विस्तारमा सक्रिय भूमिका निर्वाह गरिसकेका थिए। साधारण सभाबाट आगामी चार वर्षका लागि नयाँ सञ्चालक समिति चयन गरिएको छ।

संस्थापक समूह अन्तर्गतबाट सुदिप आचार्य, भिम प्रसाद तुलाचन, चतुराखर अधिकारी र सर्वसाधारण समूहबाट बलराम बराल, विश्वेश्वर सुवेदी र डा. पवन कुमार शर्मा निर्विरोध निर्वाचित भएका हुन्।

नयाँ नेतृत्वले बैंकलाई अझ प्रतिस्पर्धी, डिजिटलमैत्री र सेवा–मुखी बनाउन रणनीतिक योजना अघि बढाउने प्रतिबद्धता जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *