ओली र लेखकविरुद्धको जाहेरी आयोगले प्रहरीलाई नै फिर्ता पठायो

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध दिएको जाहेरी जाँचबुझ आयोगले प्रहरीलाई नै फिर्ता पठाइदिएको छ । आयोगले बिहीबार एक विज्ञप्ति जारी गर्दै जिल्ला प्रहरी परिसर, काठमाडौंलाई निवेदन र कागजात फिर्ता पठाइदिएको जानकारी दिएको हो।

 

काठमाडौं जिल्ला प्रहरीले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले काम गरिरहेको भन्दै जाहेरी दर्ता गरेको थिएन । निवेदकबाट जाहेरी लिएर प्रहरी सिधै आयोगमा पठाएको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *