इलाम बाढीपहिरोमा मृत्यु हुनेको संख्या ३९ पुग्यो

काठमाडौं । इलामको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

इङ्ला खोलाले बगाएर बेपत्ता भएका सन्दकपुर–५ इङला, जमुनाका २४ वर्षीय प्रवेश गुरूङको शव फेला पछि मृतकको संख्या ३९ पुगेको हो ।

सन्दकपुर–५ इङलाका वडा सदस्य कुमार गुरुङका अनुसार प्रवेश अस्तिदेखि बेपत्ता भएका थिए ।

योसँगै इलाममा मृत्यु हुनेको संख्या ३९ पुगेको छ । एक जना बेपत्ता छन् । इलाम नगरपालका–६ का महेन्द्र लिम्बु बेपत्ता भएका हुन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *