काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी आइसिसी टी-२०आई अलराउण्डर वरियतामा चौथो स्थानमा यथावत् रहेका छन् । आइसिसीले बुधबार सार्वजनिक गरेको वरियता अनुसार दीपेन्द्र चौथोमा यथावत् रहेका हुन् । नेपालले भर्खर वेस्ट इन्डिजसँग ३ खेलको शृङ्खला खेलेको थियो ।
शृंखलामा उनले २ खेल मात्र खेलेका थिए । जहाँ उनको प्रदर्शन औसत मात्र रह्यो । रेटिङ २०९ बाट २१४ मा बढ्दा चौथोमा यथावत् रहेका हुन् । अलराउण्डर वरियताको शीर्ष स्थानबाट हार्दिक पान्ड्या दोस्रोमा खस्किएका छन् । पाकिस्तानका सायम अयुब शीर्षमा उक्लिएका छन् । तेस्रोमा अफगानका मोहम्मद नाबी छन् ।
यस्तै ब्याटिङमा आसिफ शेखको वरियता सुधार भएको छ । उनी ३ स्थान सुधार गरेर ७७औँ स्थानमा पुगेका छन् । बलिङमा ललित ६ स्थान सुधार गरेर ५१औँ स्थानमा पुगेका छन् ।







