काठमाडौं। अर्थमन्त्री रामेश्वर खनाल अर्थ मन्त्रालयका सचिवसहित संयुक्त राज्य अमेरिका भ्रमणमा जान लागेका छन्। विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्राकोष (IMF) को संयुक्त वार्षिक बैठकमा सहभागी हुन उनी अमेरिका जान लागेका हुन्।
गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्री खनाल र सचिवको अमेरिका भ्रमणलाई स्वीकृति दिएको हो। मन्त्रिपरिषद्को निर्णय अनुसार, ‘संयुक्त राज्य अमेरिकामा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्राकोषको संयुक्त वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री तथा सचिवको भ्रमण स्वीकृत गरियो।’







