काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘साम्पाङ’ ले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दर्ता गरेका छन् । उनले ‘राष्ट्रिय संस्कृति पार्टी’ नामक पार्टी दर्ताका लागि निवेदन दिएका हुन् । उनी आफैँ अध्यक्ष रहने गरी दल दर्ताको निवेदन पेश भएको आयोगको भनाइ छ ।हाल आयोगले पार्टी दर्ताका कागजातहरू रुजु गरिरहेको छ ।
आगामी फागुन २१ गते नेपालभर संसदीय दलको निर्वाचन हुने मिति सरकारले तोकि सकेको छ ।
Artha Sanjal






