शून्य अंक दिएका सहसचिव मण्डललाई मन्त्री घिसिङद्वारा विद्युत विकास विभागबाट हटाइयो

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले विद्युत विकास विभागका महानिर्देशक सहसचिव जीवछ मण्डललाई पदबाट हटाएका छन्। मन्त्री घिसिङले नेपाल विद्युत प्राधिकरण (ने.वि.प्रा) को कार्यकारी निर्देशक पदमा रहँदा कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिएका मण्डललाई मंगलबार विभागीय जिम्मेवारीबाट मुक्त गरेका हुन्।

मण्डल विद्युत विकास विभागको नेतृत्वमा रहे पनि मन्त्रालयले तोकेको कार्ययोजना र अपेक्षित प्रगति देखिन नसकेको भन्दै उनलाई पदमुक्त गरिएको मन्त्रालय स्रोतले जनाएको छ।

मण्डललाई पदमुक्त गरी विभागमा वैकल्पिक नेतृत्व खोज्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ। नयाँ महानिर्देशक छान्ने प्रक्रिया चाँडै अघि बढाइने बताइएको छ। ऊर्जा क्षेत्रमा विकासलाई गति दिने उद्देश्यले मन्त्री घिसिङले ‘नतिजा नदेखाउने र जिम्मेवारीप्रति उदासीन’ अधिकारीलाई कठोर निर्णय गरेर हटाउने चेतावनी दिँदै आएका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *