शेयर बजारमा सामान्य अंकको गिरावट, ३ अर्ब २६ करोड माथि कारोबार

काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार सामान्य घटेको छ । नेप्से परिसूचक २.३५ अंकले घटेर २६५२.०० को विन्दुमा बन्द भएको छ ।

आज ३२७ कम्पनीको शेयर किनबेच हुँदा ३ अर्ब २६ करोडको शेयर कारोबार भएको छ । आज १०७ कम्पनीको शेयर मूल्य बढेको छ भने १३९ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३० करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनियन हाइड्रोपावरको १८ करोड ३४ लाख रुपैयााको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ११ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिम स्टार ऊर्जा कम्पनकिा लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । प्रभु बैंक डिबेञ्चरका इकाईधनीले ८ प्रतिशतका दरले कमाएका छन् । कालिका पावरका लगानीकर्ताले ६.७२ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सिटी होटल्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७.५५ प्रतिशतका दरले गुमाएका हुन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *