राष्ट्रिय वाणिज्य बैंकबाट १८ किलो सुन र ५ कराेड नगद लुटियो

काठमाडौं। जेनजी आन्दोलनको क्रममा नयाँ बानेश्वरस्थित संसद् भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट ५ करोड रुपैयाँ नगद र १८ किलो सुन लुटिएको खुलासा भएको छ।

नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले एक पडकास्टमा बोल्दै लुटपाटबारे जानकारी दिएका हुन्। उनका अनुसार करिब ३८ करोड रुपैयाँ बराबरको लुटपाट भएको हो।

घटनाबारे सिसिटिभी फुटेजको आधारमा अनुसन्धान भइरहेको छ। आन्दोलनका क्रममा ६८ बैंक शाखा र ६९ एटिएममा क्षति पुगेको गभर्नर पौडेलले बताएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *