दुई महिनामा सरकारको बजेट खर्च ९ प्रतिशत

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३को भदौ मसान्तसम्ममा सरकारको बजेट खर्च ९.१७ प्रतिशत देखिएको छ । महालेखा नियन्त्रक कार्यालयकाअनुसार चालु आवको सुरुआती दुई महिनामा चालुतर्फ ९.६७, पुँजीगततर्फ १.५६ र वित्तीय व्यवस्थातर्फ १५.८९ प्रतिशत बजेट खर्च भएको हो ।

यसवर्ष कूल १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याइएकोमा भदौ मसान्तसम्ममा एक खर्ब ८० अर्ब १७ करोड ४ लाख खर्च भएको छ । चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन भएकोमा हालसम्म एक खर्ब १४ अर्ब १८ करोड ७२ लाख बराबर खर्च भएको छ ।

त्यस्तै, पुँजीगत शीर्षकमा चार खर्ब सात अर्ब ८८ करोड ८० लाख विनियोजन भएकोमा छ अर्ब ३५ करोड ३३ लाख खर्च भएको छ । वित्तीय व्यवस्था शीर्षकमा तीन खर्ब ७५ अर्ब २४ करोड २० लाख बराबरको वार्षिक विनियोजन रहेकोमा भदौ मसान्तसम्ममा रु ५९ अर्ब ६२ करोड ९९ लाख खर्च भएको छ ।

यही अवधिमा सरकारले वार्षिक लक्ष्यको १०.४३ प्रतिशत राजस्व सङ्कलन गरेको छ । चालु आवका लागि कूल १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख राजस्व उठाउने सरकारी लक्ष्य रहेकोमा हालसम्म एक खर्ब ५९ अर्ब ९८ करोड ५३ लाख असुली भएको हो ।

कर राजस्वतर्फ १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख उठाउने वार्षिक लक्ष्य रहेकोमा ११.३५ प्रतिशतअर्थात् १ खर्ब ५० अर्ब ४० करोड १३ लाख कर असुली भएको छ ।

त्यस्तै, गैरकरतर्फ एक खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख असुली गर्ने वार्षिक लक्ष्य रहेकोमा ४.६२ प्रतिशतअर्थात् रु सात अर्ब १३ करोड २१ लाख उठेको छ । त्यस्तै, चालु आर्थिक वर्षका लागि ५३ अर्ब ४४ करोड ६९ लाख बराबर वैदेशिक अनुदान लिने सरकारको लक्ष्य रहेकोमा हालसम्म २.३८ प्रतिशत अर्थात् १ अर्ब २७ करोड ३७ लाख अनुदान उठेको छ ।रासस

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *