संसद भवनबाट चोरेका सामान फिर्ता गर्न संसद सचिवालयकाे आग्रह

काठमाडौं । जेनजी आन्दोलनको क्रममा संसद भवनबाट लुटिएका सामग्री फिर्ता गर्न संसद सचिवालयले आग्रह गरेको छ ।

२४ गते जेनजीको आवरणमा अराजक समूहले नयाँ बानेश्वरस्थित संसद भवन छिरेर आगजानी, तोडफोड तथा लुटपाट गरेको थियो ।

सचिवालयले आज एक सूचना जारी गर्दै सोक्रममा भवनका टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, स्क्यानर, क्यामेर, टेलिभिजन, मोनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी मेसिन, विद्युतीय उपकरणलगायतका मालसामानहरू अनधिकृत व्यक्तिले लगेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *