प्रतिनिधि सभा विघटनको निर्णय विडम्बनापूर्णः शंकर पोखरेल

काठमाडौँ । प्रतिनिधिसभा विघटन गर्ने हालैको निर्णयलाई नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘विडम्बनापूर्ण’ भन्दै कडा प्रतिक्रिया व्यक्त गरेका छन्।

शीतल निवासमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने र सोही प्रक्रियाअन्तर्गत प्रतिनिधिसभा विघटनको निर्णय गर्ने सहमति बनेको खबर सार्वजनिक भएपछि महासचिव पोखरेलले यो कदमलाई लोकतान्त्रिक मूल्य–मान्यतासँगै राजनीतिक प्रक्रियाको पनि अपमान भएको टिप्पणी गरेका हुन्।

उनका अनुसार देशलाई निकास दिन भन्दै अघि सारिएको यो सहमति नै उल्टो राजनीतिक संकटलाई थप गहिरो बनाउने खालको छ, जसलाई उनले ‘विडम्बना’को रूपमा प्रस्तुत गरेका छन्।

‘विगतमा बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला सुनाउने सुनाउनेहरु अहिले स्वयं विघटनतर्फ अग्रसर हुनु विडम्बनपूर्ण विषय हो’ पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यसैले सतर्क रहौं, खबरदारी गरौं ।’

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *