काठमाडौँ। जनमत पार्टीका बाँकी पाँचै जना प्रतिनिधिसभा सदस्यले सामूहिक राजीनामा दिएका छन् ।
बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै आफूहरूले राजीनामा दिएको उनीहरूले लेखेका छन् । राजीनामा पत्रमा उनीहरूले ‘जनतासँग उभिएको र जनतासँगै उभिने स्मरणसमेत गराउन चाहन्छु’ लेखेका छन् ।
पार्टीअध्यक्ष सीके राउतले यसअघि नै राजीनामा दिइसकेका छन् । विज्ञप्तिमा लेखिएको छ – देशको वर्तमान आन्दोलन र अवस्थालाई मध्यनजर गर्दै नौलो गणतन्त्रले नै त्यसलाई सम्बोधन गर्न सक्ने आस्थाका साथ सोको स्थापनाका लागि प्रतिनिधी सभाको सदस्यको पदबाट आजैको मितिबाट जनमत पार्टीका तपसिलका संघीय प्रतिनिधि सभा सदस्यहरू सामूहिक राजीनामा दिएको ब्योहोरा जानकारी गराउँद छु । जनतासँग उभिएको र जनतासँगै उभिने स्मरणसमेत गराउन चाहन्छु । ममाथि आस्था र विश्वास राख्ने जनतालाई हृदयदेखि धन्यवाद दिन चाहन्छु ।
अब्दुल खान,अनिता देवी,बिनिता सिंह दनुवार,गोमा लाभ सापकोटा,सोनु मुर्मुले राजीनामा दिइसकेका छन् ।







