कार्यालय खोल्न सहयोग गरिदिन विद्युत प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कार्यालय सञ्चालनमा सहजीकरण गरिदिन आग्रह गरेको छ ।

बुधबार विज्ञप्ति जारी गर्दै प्राधिकरणले विषम परिस्थितिका कारण काठमाडौंसहित देशभरका विभिन्न ठाउँमा विद्युत् संरचनामा क्षति पुगेको र क्षतिग्रस्त संरचनाको मर्मत गर्न कठिनाई भएको भन्दै मर्मतको  सहजीकरणका लागि आग्रह गरेको हो ।

‘विद्युत संरचनाको मर्मत कार्यमा खटिने अत्यावश्यक सवारी साधनहरूको आवागमनमा तथा कार्यालय सञ्चालनमा सहजीकरण गर्न सहयोग पुऱ्याई विद्युत सेवा छिटो सुचारु गर्न आवश्यक सहयोगको लागि सम्बद्ध सबै पक्षसँग हार्दिक अनुरोध गर्दछौं,’ प्राधिकरणले भनेको छ ।

प्राधिकरणले कुनै क्षेत्रमा विद्युत आपूर्ति अनियमित भएमा चौबीसै घण्टा सञ्चालनमा रहने नेपाल विद्युत प्राधिकरणको हटलाइन ११५० मा सम्पर्क गर्न वा नजिकको नोलाइट सेवामा जानकारी गराउन समेत अनुरोध गरेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *