काठमाडौं । भन्सार सम्बन्धी कानून संशोधन गर्न बनेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट आइतबार प्रमाणीकरण गरिएको छ।
संघीय संसद्को दुवै सदनबाट पारित भइ आएको उक्त विधेयक संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिबाट प्रमाणीकरण भएको प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।







