जेनजीलाई माइतीघरमा प्रदर्शन गर्न प्रशासनको अनुमति

काठमाडाैं। माइतीघरमा सोमबार हुने भ्रष्टाचारविरुद्धको प्रदर्शनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ।

स्वतन्त्र नेपाली युवाहरूको आयोजनामा हुने प्रदर्शन भोलि बिहान ११ बजे सुरु हुनेछ। प्रदर्शन निषेधित क्षेत्रबाहिर र शान्तिपूर्ण रूपमा गर्न सहमति दिइएको सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए।

उनले भने, ‘प्रचलित कानुनको अधीनमा रहेर, तोडफोड नगर्ने शर्तमा हामीले प्रदर्शन गर्न अनुमति दिएका छौँ ।’

२८ वर्षभन्दा कम उमेर समूहका युवाहरूले सामाजिक सञ्जाल बन्दको समेत विरोध गर्ने बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *