काठमाडौं । नेपालका लागि टीसीएलको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले प्रतिक्षित “ग्रेटनेस इन एभ्री मुमेन्ट इन्पायर एभ्री सेलिब्रेसन” नामक दशैँ–तिहार अभियानको सुरुवात गरेको छ । यस विशेष योजनामार्फत टीसीएलले चाडपर्वको अवसरमा ग्राहकहरुलाई खुसी दिने लक्ष्य राखेको छ ।
अभियान अन्तर्गत ग्राहकहरूले रु २,०८,२०० सम्मको आकर्षक नगद छुटका साथै पक्का उपहारहरू पनि प्राप्त गर्न सक्नेछन् ।
यस योजनाका मुख्य आकर्षणहरू यस प्रकार छन् :
– टीसीएल साइड९बाई९साइड रेफ्रिजरेटरको खरिदमा निःशुल्क वाटर डिस्पेन्सर
– टीसीएलको कुनै पनि वासिङ मेसिनको खरिदमा ६ केजी एरियल डिटर्जेन्ट
– टीसीएलको एसीको खरिदमा निःशुल्क जडान सुविधा
– ४३ इन्च वा सोभन्दा ठूलो टीसीएल टिभिको खरिदमा ९ महिनाको नेट टिभिको निःशुल्क सदस्यता
यो अभियान भाद्र १९ देखि सीमित अवधिका लागि नेपालभरिका सम्पूर्ण आधिकारिक शोरूमहरू र विक्रेताहरूमा लागू हुनेछ ।
टीसीएल विश्वकै अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स ब्राण्ड मध्ये एक हो । स्मार्ट टेलिभिजन, रेफ्रिजरेटर, वासिङ मेसिन, एअर कन्डिसनर लगायतका अत्याधुनिक उत्पादनका कारण टीसीएल विश्वभर नवप्रवर्तन र गुणस्तरीय प्रविधिका लागि चिनिन्छ ।
सीजी इलेक्ट्रोनिक्स नेपालमा कन्ज्युमर डुराबल्स वितरण गर्ने अग्रणी कम्पनी हो, जसले अन्तर्राष्ट्रिय स्तरका ब्राण्डहरुलाई नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । ग्राहक–मैत्री सेवा, मजबुत वितरण सञ्जाल र दीर्घकालीन विश्वसनीयताका कारण सीजी इलेक्ट्रोनिक्स उपभोक्ताहरू माझ एक भरोसा योग्य नाम बनेको छ ।
नेपालको सबैभन्दा ठूलो पर्वको अवसरमा टीसीएल र सीजी इलेक्ट्रोनिक्ससँगै नेपाली ग्राहकहरुलाई उत्कृष्ट प्रविधि र अभूतपूर्व अनुभव दिने लक्ष्य लिएको छ ।







