एनआईसी एशिया लघुवित्तको सातौं वार्षिक साधारणसभा आज

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सातौं वार्षिक साधारणसभा  आज चैत ८ गते सुनसरीस्थित गोर्खा होटलमा बिहान ९ बजेदेखि बस्दैछ।

कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन। सभामा शेयर संरचना परिमार्जन गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र सोका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पेश गरिनेछ।

यसका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको प्रस्ताव पनि सभाका लागि तय गरिएको छ।

साधारणसभा प्रायेजनार्थ कम्पनीले फागुन २८ गते एक दिन बुक क्लोज गरिसकेको छ। बुक क्लोजका आधारमा फागनु २७ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *