सुनको मूल्य २ लाख १० हजार नाघ्यो

काठमाडौं । शुक्रबार पनि सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । आज सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २५ सय रुपैयाँ बढी हो ।

अघिल्लो दिन २ लाख ७ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेको छ । अघिल्लो दिन चाँदी प्रतितोला २४८० रुपैयाँमा कारोबार भएकोमा २४९० रुपैयाँ छ । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *