काठमाडौं । आम सर्वसाधारणका लागि आज शुक्रबारदेखि झापा इनर्जीको प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुलेको छ । कुल ४ लाख ७३ हजार ३३६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन भएको हो ।
आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई यसअघि नै आईपीओ बाँडफाँट भइसकेको छ । कम्पनीको कुल जारी पूँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँ छ ।
न्यूनतम १० कित्ता तथा अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने बिक्री प्रवन्धक हिमालयन क्यापिटलले जनाएको छ । भदौ २४ गतेसम्म कम्पनीमा आवेदन दिन सकिनेछ ।
Artha Sanjal






