दसैँको लागि भदौ २९ देखि सुकिला नोट साट्न पाइने, कहाँ कहाँबाट पाइन्छ ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले दसैँका लागि भदौ २९ देखि सफा तथा सुकिला नोट साट्न पाइने भएको छ । राष्ट्र बैंकका अनुसार भदौ २९ देखि असोज १० गतेसम्म सफा तथा सुकिला नोट साट्न पाइने भएको हो ।

बैंकको मुद्रा व्यवस्थापन विभाग, थापाथली, प्रदेशस्थित कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सफा तथा सुकिला नोट साट्न पाइने बताइएको छ ।

साथै इजाजत पत्र प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट पनि सुकिलो नोट सटही गर्ने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *