बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली टोली घोषणा

काठमाडौं । आगामी सेप्टेम्बर ६ र ९ (भदौ २१ र २४)मा बंगलादेशसँग हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि नेपालको अन्तिम टोली घोषणा भएको छ । काठमाडौंस्थित दशरथ रंगशालामा हुने खेलका लागि मुख्य प्रशिक्षक म्यट रसले किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन् ।

पछिल्लो पटक लाओससँग खेलेको टोलीबाट केही खेलाडीहरू परिवर्तन भएका छन् । उनीहरूमध्ये केही नेपालको यू-२३ टोलीमा भएकाले सिनियर टोलीमा छैनन् ।

त्यस्तै अमित लामा र आदित्य शाक्य पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।

नेपालको टोली : किरण चेम्जोङ (कप्तान), मणि लामा, मनिष डाँगी, अभिषेक लिम्बु, आदित्य शाक्य, अमित लामा, रनदिप पौडेल, अनन्त तामाङ, अन्जन विष्ट, रोहन कार्की, रोहित चन्द, एरिक बिस्ट, समीर तामाङ, दीप कार्की, दिनेश हेन्जन, जिलेस्पी जंग कार्की, कुशल देउवा, सिर्जन राज, सुवास ठकुरी बम, सुमन श्रेष्ठ, टिकेन्द्र थापा, योगेश गुरुङ, लेकेन लिम्बु ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *