काठमाडौं । शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज प्रतितोला १२ सय रुपैयाँले सुन महँगिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज सुनको मूल्य प्रतितोला २ लाख ६ सय रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
यसअघि साउन २३ गते १ लाख ९९ हजार ४ सय रुपैयाँको रेकर्ड बनेको थियो ।
त्यस्तै चाँदी प्रतितोला ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन २३५५ रुपैयाँ रहेको चाँदी आज २३६० रुपैयाँ पुगेको हो ।
Artha Sanjal






