हाथवे इन्भेष्टमेन्टको सेयरमूल्य समायोजन

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको सेयरमूल्य समायोजना भएको छ । कम्पनीले घोषणा गरेको १२ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।

नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ११२४.१० रुपैयाँ कायम भएको छ ।

समायोजन हुनुअघि कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १२५८.९९ रुपैयाँ कायम थियो । आइतबारको कारोबारदेखि दोस्रो बजारमा कम्पनीको सेयरमूल्य यही मूल्यका आधारमा कारोबारमा आउनेछ ।

कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि ०.६३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । यो लाभांश पारित गर्नका लागि कम्पनीले भदौ २५ गते काठमाण्डौको आम्रपाली ब्याङक्वेटमा बिहान १० बजेदेखि १७ औं वार्षिक साधारण सभा आयोजना गर्दैछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *