संसदमा प्रधानमन्त्रीको सम्बोधन आज, रास्वपा–राप्रपाको बहिष्कार कायमै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १ बजे प्रतिनिधिसभामा आसन्न चीन र भारत भ्रमणका सन्दर्भमा विशेष सम्बोधन गर्दै छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणमा सहभागी हुन शनिबार चीन प्रस्थान गर्न लागेका प्रधानमन्त्री ओलीले भ्रमणको पूर्वसन्ध्यामा संसदमार्फत मुलुकलाई जानकारी दिन लागेका हुन् ।

प्रधानमन्त्री ओलीले साङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा नेपालको सहभागिता, दुईपक्षीय भेटवार्ता तथा सम्भावित सम्झौता र सहकार्यहरूबारे संसदमा मन्तव्य राख्ने छन् ।

हालै पुनः चर्किएको लिपुलेक–कालापानी विवादबारे पनि उनले सरकारको आधिकारिक धारणा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्रीको सम्बोधनकाबीच प्रमुख विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने संसदको बहिष्कारलाई निरन्तरता दिने घोषणा गरेका छन् ।

रास्वपाका प्रवक्ता मनिष झाले भने ‘हाम्रो अवरोध निरन्तर छ, र आज पनि रहन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *