भिभो भि–६० स्मार्टफोन नेपाली बजारमा ल्याउने तयारी

काठमाडाैं । चिनियाँ स्मार्टफोन ब्राण्ड भिभोले भि सिरिज अन्तर्गत नयाँ फ्ल्यागसीप भिभो भि–६० नेपालमा ल्याउने तयारी गरेको छ । यद्यपि आधिकारिक विवरण अझै सार्वजनिक गरिएको छैन, प्रारम्भिक सूचनाहरूका आधारमा यस मोडललाई जाइससँगको सहकार्यमा विकसित गरिएको हुनसक्ने अनुमान गरिएको छ ।

यस सहकार्यमार्फत, भिभो भि–६० ले अझ अभिव्यक्तिपूर्ण क्यामेरा अनुभव दिने सम्भावना देखिन्छ । जसले पोट्र्रेट फोटोग्राफीलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ ।

नयाँ जाइस् प्रविधियुक्त टेलिफोटो पोट्र्रेट फिचर सहित भि–६० ले विभिन्न फोकल लेन्थमार्फत प्रयोगकर्ताको भावनालाई अझ सटीक र कलात्मक ढंगले फ्रेम गर्ने सुविधा दिनेछ ।

साथै,अत्याधुनिक एआई क्षमताले अनावश्यक वस्तु हटाउने, पृष्ठभूमि बदल्ने वा गुणस्तरलाई छिट्टै परिष्कृत गर्ने फिचर समावेश भएको छ। यसले भि–६० लाई केवल क्यामेरा मात्र नभई, प्रयोगकर्ताको लागि ‘पोर्टेबल स्टुडियो’को रूपमा बुझिन सक्ने अनुमान गर्न सकिन्छ ।

भिभो भि–६० मा मिनिमलिस्टिक क्यामेरा मोड्युल प्रयोग हुनेछ, जसले पछाडिको भागमा करिब नौ प्रतिशतभन्दा कम क्षेत्रफल ओगट्ने बताइएको छ। यसले आधुनिक र प्रिमियम लुक्स दिने अनुमान छ । यो स्मार्टफोन मिस्ट ग्रे र बेरी पर्पल गरी दुई आकर्षक रंगमा उपलब्ध हुने छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *