शेयर बजारमा दोहोरो अंकको गिरावट, ४ अर्ब ७० करोडको कारोबार

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १३.४६ अंकले घटेर २७६६.७८ को विन्दुमा बन्द भएको छ ।

आज ३५३ कम्पनीको शेयर किनबेच हुँदा ४ अर्ब ७० करोड माथिको शेयर कारोबार भएको छ । आज ६३ कम्पनीको शेयर मूल्य बढेको छ भने १९८ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज एभरेष्ट बैंकको अपरिवर्तिय ऋणपत्रको सबैभन्दा धेरै कारोबार भएको छ। यस दिन सो बैंकको ३४ करोड १ लाख रुपैयाँबराबरको ऋणपत्र कारोबार भएको हो । आँखुखोला जलविद्युतको ३२ करोड ५ लाख रुपैयााको शेयर कारोबार भएको छ । सेन्ट्रल फाइनान्सको १८ करोड ५२ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् । न्यादी हाइड्रोपावरका लगानीकर्ताले ९.१६ प्रतिशतका दरले कमाएका छन् । नेपाल एसबिआई बैंक डिबेञ्चरका इकाईधनीले ७.२१ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै एसबिएल डिबेञ्चर २०८४ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले १०.४८ प्रतिशतकाले गुमाएका हुन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *