रिडारा नेपालद्वारा नाडा अटो शोमा ईभी पिकअप आरडी सिक्स सार्वजनिक

काठमाडौं । रिडारा नेपालले आफ्नो फ्ल्यागशिप इलेक्ट्रिक पिकअप रिडारा आरडी सिक्सलाई यस वर्षको नाडा अटाे शाे २०२५ मा प्रदर्शनी गर्ने भएको छ । कम्पनीले भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुने मेलामा स्टल नम्बर बी५ मा आरडी सिक्स प्रस्तुत गर्ने जनाएको छ ।

आरडी सिक्स उत्कृष्ट डिजाइन, शक्तिशाली प्रदर्शन र अत्याधुनिक ईभी प्रविधिले सुसज्जित भएको कम्पनीको दाबी छ । आगन्तुकहरूले यस प्रदर्शनीमा गाडीलाई नजिकैबाट अवलोकन गर्ने र अनुभव गर्ने अवसर पाउनेछन् ।

यसै अवसरमा, कम्पनीले विशेष नाडा अफर सार्वजनिक गर्दै केवल रु. ९.९९ लाखको डाउन पेमेंटमा आरडी सिक्स प्राप्त गर्न सकिने व्यवस्था गरेको छ ।

रिड्डारा नेपालले भदौ ३ गतेदेखि ८ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने मेलामा उपस्थित भई आरडी सिक्सको अनुभव लिन आग्रह गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *