काठमाडौं । सिटिजन्स क्यापिटलले सञ्चालित दुई म्युचुअल फन्डले आर्थिक वर्ष २०८१/८२ का लागि नगद लाभांश घोषणा गरेका छन्।
सिटिजन्स म्युचुअल फन्ड–२ ले ८.२५ प्रतिशत र सिटिजन्स सुपर ३० म्युचुअल फन्डले १२.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो।
यी दुवै योजनाको लाभांश वितरणार्थ भदौ १३ गते बुक क्लोज गर्ने निर्णय क्यापिटलले गरेको छ। यसको अर्थ भदौ १३ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यी योजनाको लाभांश पाउन योग्य हुनेछन्।
Artha Sanjal






