भारतीय विदेशसचिवले जंगीअड्डा पुगेर प्रधानसेनापति सिग्देललाई भेटे

काठमाडौं । दुई दिने भ्रमणमा आएका भारतीय विदेशसचिव विक्रम मिश्रीले जंगीअड्डा पुगेर प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका छन् ।

सोमबार बिहान जंगीअड्डा पुगेर उनले सिग्देलसँग भेट गरेका हुन् । भेटका क्रममा दुईपक्षीय हितको विषयमा कुराकानी भएको जंगीअड्डा स्रोतले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिन आइतबार विदेशसचिव मिश्री काठमाडौं आएका थिए ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *