समृद्धि फाइनान्सले कमायो ३ करोड १९ लाख नाफा, वित्तीय सूचकमा सुधार

काठमाडौं । लामो समयदेखि नोक्सानीमा रहेको समृद्धि फाइनान्स लिमिटेड वित्तीय रूपमा सुधारको दिशामा अगाडि बढेको छ। कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा ३ करोड १९ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ।

यस अवधिमा संस्थाको निक्षेप संकलन १३.७२ प्रतिशतले वृद्धि भएको छ भने कर्जा लगानी ९.६२ प्रतिशतले वृद्धि भएको छ ।

उच्च रुपमा रहेको निष्कृय कर्जा एकल अंकमा ल्याउन सफल भएको । अघिल्लो वर्षको सोही अवधिमा १९.९३ प्रतिशत रहेको निष्कृय कर्जा अनुपात यस अवधिमा ९.६६ प्रतिशतमा झरेको छ । प्रति सेयर आम्दानी रु ३.९० रहेको छ ।

सानो व्यवसाकिय आकारले गर्दा सञ्चालन नोक्सानीमा रहनु एवं उच्च मात्रामा निष्कृय कर्जा रहेकोमा क्रमिक रुपमा व्यवसाय वृद्धि गर्दै संस्था सञ्चालन मुनाफामा लैजाने दृढ अठोट संस्थाले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *