मन्जुश्री फाइनान्सको खुद नाफामा ४० प्रतिशतकाे वृद्धि, वितरणयोग्य मुनाफा कति?

काठमाडाैं । मञ्जुश्री फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

फाइनान्सले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार आवमा ३१ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २२ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको थियाे । यो वृद्धि दर ३९.९७ प्रतिशत हो ।

समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ८७ करोड ३२ लाख रुपैयाँ छ । सञ्चालन मुनाफा बढेर ५१ करोड ८० लाख रुपैयाँमा पुगेको छ । यस अवधिसम्मको वितरणयोग्य मुनाफा ३५ करोड ४५ लाख रुपैयाँ रहेको छ ।

संस्थाको निक्षेप २२ अर्ब ९४ करोड रुपैयाँ छ । सोही अवधिमा कुल कर्जा १८ अर्ब ५९ करोड रुपैयाँ छ । असार मसान्तसम्म मञ्जुश्रीको चुक्ता पूँजी १ अर्ब ३५ करोड रुपैयाँ छ । रिटेन्ड अर्निङ ७३ करोड ८२ लाख रुपैयाँ र जगेडा कोषमा पनि ७३ करोड ८२ लाख रुपैयाँ सञ्चित छ ।

समीक्षा अवधिमा संस्थाको खराब कर्जा अनुपात ३.२२ प्रतिशतबाट घटेर ३.११ प्रतिशतमा पुगेको छ । प्रतिशेयर आम्दानी ६ रुपैयाँ ६४ पैसाले बढेर २३ रुपैयाँ २६ पैसा पुगेको छ । संस्थाको प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ ८५ पैसा रहेको छ । मूल्य आम्दानी अनुपात २६.७९ गुणा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *